Kathmandu Press

निरन्तर वर्षले तीन दिनदेखि ताप्लेजुङमा अन्धकार

फुङ्लिङ, कात्तिक ३ : निरन्तर वर्षाका कारण तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ। बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार...
निरन्तर वर्षले तीन दिनदेखि ताप्लेजुङमा अन्धकार

फुङ्लिङ, कात्तिक ३ : निरन्तर वर्षाका कारण तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ। बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो। 

आइतबारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ।

Hardik ivf

बिजुली नभएपछि सोमबारदेखि मोबाइल सेवासमेत अवरुद्ध भएको छ। ल्यान्डलाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवरुद्ध भएको छ। साथै बिजुली नहुँदा स्थानीय सञ्चारमाध्यमसमेत प्रसारणमा समस्या आएको छ।

इन्टरनेट सेवा बन्द भएसँगै सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ। मङ्गलबार र बुधबार इन्टरनेट अवरुद्ध भएपछि वित्तीय कारोबार साथै बैंकिङ कारोबारसमेत समस्या भएको छ।

ताप्लेजुङमा मोबाइल सेवा अवरुद्ध हुँदा प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ।

मोबाइल सेवा अवरुद्ध भएपछि जिल्ला बाहिरबाट आउने तीर्थयात्री तथा पर्यटक ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलपत्र परेका छन्।

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्