किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग
बुटवल, कात्तिक ३ : एमालेले केही दिनदेखिको अविरल वर्षाका कारण प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।एमाले लुम्बिनी प्रदेशसभा संसदीय...
बुटवल, कात्तिक ३ : एमालेले केही दिनदेखिको अविरल वर्षाका कारण प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले आज (बुधबार) बुटवलमा पत्रकार सम्मेलन गरेर लुम्बिनी प्रदेशसहित अधिकांश स्थानमा वर्षाका कारण आएको बाढी, पहिरो र त्यसले धनजनमा पुर्याएको क्षतिको विवरण उपलब्ध गराउनसमेत सरकारसँग आग्रह गरेको छ।
मनसुन सकिएको अवस्थामा भएको वर्षाले भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति पुर्याउँदा किसानहरूलाई मर्का परेको र उनीहरूलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले बताए।
उनले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई सरकारले बेवास्ता गरेकाले किसानले ठूलो क्षति बेहोर्नुपरेको समेत जिकिर गरे।
वर्षका कारण निम्तिएको बाढी र डुबानका कारण लुम्बिनी प्रदेशका खासगरी तराईका जिल्लामा किसानले ठूलो मात्रामा नोक्सानी बेहोर्नुपरेको छ। पीडित किसानलाई मलमपट्टी लाउने काम सरकारको भएको चौधरीको भनाय थियो।












