ट्रकले बाइकलाई ठक्कर दिँदा दुई युवकको मृत्यु
सर्लाही, साउन २४ : ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
सर्लाहीको हरिवन नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ....

सर्लाही, साउन २४ : ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
सर्लाहीको हरिवन नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ गइरहेको ना५६प १०४८ नं.को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नं.को ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी १९ वर्षीय विक्रमदास कथवनिया र २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका विक्रमको स्थानीय नमुना अस्पतालमा उपचार क्रममा मृत्यु भएको जनाएको छ। त्यस्तै, अर्का घाइते मनोजलाई थप उपचारका लागि भरतपुर लग्दै गर्दा हेटौँडामा मृत्यु भएको हो।
ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

-1784896419.png)









