Kathmandu Press

निरन्तरको वर्षाले राजविराज जलमग्न

राजविराज, कात्तिक ३ : तीन दिनयताको लगातार वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलामा पानीको बहाव बढेको छ। जिल्लाको सुन्दरी खोलामा यस वर्षकै सबैभन्दा बढी...
निरन्तरको वर्षाले राजविराज जलमग्न

राजविराज, कात्तिक ३ : तीन दिनयताको लगातार वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलामा पानीको बहाव बढेको छ। जिल्लाको सुन्दरी खोलामा यस वर्षकै सबैभन्दा बढी पानीको बहाव देखिएको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले बताए। उनले यस खोलामा आएको वर्षाको बाढीले केही घरमा पानी पसेको छ।

यस्तै जिल्लाको खाँडो नदीमा बाढी आएको छ। उक्त नदीमा आएको बाढीका कारण सप्तरीको दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा पर्ने खतरा रहेको गाउँपालिकाले जनाएको छ।

Hardik ivf

बलान नदीमा लगातारको वर्षाले पानीको बहाव उच्च रहेको देखिएको छ। सो नदीमा राति अबेरसम्म ठूलो बाढी आउन सक्निे स्थानीयवासीले जनाएका छन्। मुलुककै पुराना नगरपालिकामध्येका राजविराज नगरपालिकामा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ।

ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षामा पनि नगर क्षेत्रका सडक तथा बजार अहिले जलमग्न भएका छन्। दुई दिनदेखि हावाहुरीसँगै आएको लगातारको वर्षाले राजविराज नगरपालिकाका मुख्य सडक तथा बजार डुवानमा परेको स्थानीयवासीले बताएका छन्।

अहिले वर्षाले अनुपराज धर्मशाला, राजविराज हटिया, राजविराजको खर्साल टोल, मिमाली टोल र सडक जलमग्न भएका छन्। 

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्