Kathmandu Press

कम्युनिस्टबीच पुनः एकता गरेर आगामी निर्वाचनमा जानुपर्छ : मुख्यमन्त्री शाक्य

हेटोंडा, कात्तिक ३ : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छन्। एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको...
कम्युनिस्टबीच पुनः एकता गरेर आगामी निर्वाचनमा जानुपर्छ : मुख्यमन्त्री शाक्य

हेटोंडा, कात्तिक ३ : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छन्। 

एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठक बुधबार उद्घाटन गर्दै उनले जनादेशबमोजिम पुनः सशक्त एमाले बनाएर छिन्नभिन्न कम्युनिस्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताइन्। 

Hardik ivf

‘एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन,’ उनले भनिन्। मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताइन्। 

बैठकमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य प्रेम महर्जन (ललितपुर) र झङक कँडेल (रामेछाप) एमालेमा प्रवेश गरेको एमाले वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्