लुकाकु इन्टर मिलानमा अनुबन्धित
काठमाडौं, साउन २४ : बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकु इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन्।
प्रिमियर लिग सुरु हुनु एक दिनअ....

काठमाडौं, साउन २४ : बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकु इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन्।
प्रिमियर लिग सुरु हुनु एक दिनअघि लुकाकुले म्यानचेष्टर युनाइटेड छोडेका हुन्। लुकाकुलाई युनाइटेडबाट इन्टर मिलानले ७४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।
लुकाकुले क्लबसँग पाँच वर्षको सम्झौता इन्टर मिलानले जनाएको छ। उसले ट्वीटरमार्फत भिडियो सार्वजनिक गर्दै लुकाकु इन्टर मिलानमा अनुबन्ध भएको सार्वजनिक गरेको छ।
२६ वर्षीय लुकाकु सन् २०१७ मा एभर्टनबाट युनाइटेडमा आबद्ध भएका थिए। युनाइटेडका लागि लुकाकुले ९६ खेलमा ४२ गोल गरेका छन्।
प्रकाशित मिति: ०७:३१ बजे, शुक्रबार, साउन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












