एमालेले बाेलायाे स्थायी कमिटी बैठक
काठमाडौं, कात्तिक ३ : एमालेले भोलि (बिहीबार) दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी...
काठमाडौं, कात्तिक ३ : एमालेले भोलि (बिहीबार) दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएकाे छ।
बैठकमा गत असोज १५ देखि १७ गतेसम्म आयोजना गरिएको विधान महाधिवेशनबारे समीक्षा, वडा र पालिका अधिवेशन, आसन्न दसौं राष्ट्रिय महाधिवेशनबारे छलफल हुने बताइएको छ।
त्यसैगरी तीन दिनयताको अविरल वर्षका कारण मुलुकका विभिन्न स्थानमा भएको धनजनको क्षतिको विषयमा पनि बैठकमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १४:३६ बजे, बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)






