Kathmandu Press

फेरि पनि भासियो कमला पुल

जनकपुरधाम, कात्तिक ३ : निरन्तरको वर्षाका कारण आएको बाढीले कमला पुल फेरि पनि भासिएकाे छ।हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने साे पुलको स्पान बुधबार...
फेरि पनि भासियो कमला पुल

जनकपुरधाम, कात्तिक ३ : निरन्तरको वर्षाका कारण आएको बाढीले कमला पुल फेरि पनि भासिएकाे छ।

हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने साे पुलको स्पान बुधबार मध्याह्न भासिएको हाे। 

Hardik ivf

लगभग निर्माण सम्पन्न भएको यो पुलको एउटा स्पान गत असार १७ गते पनि भासिएको थियो। सिरहाको बसपिट्टा भन्ने स्थानमा रहेको साे पुलको ३ नम्बर पिलर बुधबार मध्याह्न भासिएको सूचना प्राप्त भएको धनुषा प्रशासनले जनाएको छ।

ठेकेदार कम्पनीका अनुसार ९९ प्रतिशत निर्माण सम्पन्न भएको सो पुलको फिनिसिङ मात्रै बाँकी थियो। 

२०६८ सालमा पप्पु–लुम्बिनी जेभीले पुल पुल निर्माणको ठेक्का लिएको को थियो । पछि पप्पुले काम छाडेपछि भने लुम्बिनीले बाँकी काम सम्पन्‍न गरेको थियो।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्