Kathmandu Press

डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो

डोटी, कात्तिक ३ : आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी...
डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो

डोटी, कात्तिक ३ : आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पहिरामा परी मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका इन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली र सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरुवा विक रहेका छन् । योसँगै बाढीपहिरामा परेर मृत्यु हुनेको सङ्ख्या जिल्लामा १२ पुगेको हो।

उनका अनुसार बाढीपहिरामा परेर घाइते हुनेको सङख्या आठ पुगेको छ। त्यस्तै गएराति नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकाया मृत फेला परेका छन्।

Hardik ivf

यस्तै लगातारको वर्षापछि घर भत्किँदा र पहिरामा पुरिएर मङ्गलबारसम्म नौजनाको मृत्यु भएको थियो। सो घर भत्किँदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उहाँका १८ वर्षीय छोरा मोहन विक र १२ वर्षीया छोरी पवित्रा विक रहेका छन् । सोही घरमा मामाघर आएका १६ वर्षीय रवीन विकको पनि मृत्यु भएको छ। यस्तै जोरायल गाउँपालिका–४ मा पनि पहिराले घर च्यापिँदा ६२ वर्षीय जोगी सार्कीको पनि मृत्यु भएको छ।

घाइते अवस्थामा रहेका उनकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मङ्गलबार राति नै मृत्यु भएको छ। यस्तै पहिरासँगै आएको ढुङ्गा लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ। यस्तै सोमबार रातिको पहिरोले घर च्यापिँदा सायल गाउँपालिका–६ का वीरबहादुर कुञ्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुञ्जेडाको मृत्यु भएको थियो। सोही घटनामा परी तीन जना घाइते भएका थिए। यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराका कारण विस्थापित भएका १६० जनालाई गाउँपालिका र स्वरोजगारको कार्यालय,  प्रहरी चौकी वायल तथा स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी पहिराको जोखिममा परी विस्थापित भएका दिपायल सिलगढी नगरपालिका–८ पाङरिका २० घरपरिवारलाई दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

पहिरोले पुरिँदा एकै घरका ६ जनाको मृत्यु

हुम्लाको खापुर्नाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिराेमा पुरिँदा ६ जनाको मृत्यु भएको छ। आइतबार रातिदेखि आएको लगातारको वर्षाले मङ्गलबार राति धाविरे शाहीको घर माथिबाट आएको पहिराेमा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले बताइन्।

खर्पेलगाउँस्थित धनवीरे शाहीको घरमा मङ्गलबारराति माथिबाट खसेको पहिराले घर पुरिँदा धनवीरे शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोरा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। पहिराले पुरिएर बेपत्ता भएका भनिएका धनवीरे शाही र उनका १४ वर्षीय छोरा अलेन्द्र शाहीको शव निकालिएको छ।

 

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्