त्रिशूली नदीमा बस खस्यो, तीनको मृत्यु, ११ जनाको सकुशल उद्दार
बेनिघाट, साउन २४ : सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ। ११ जनाको सकुशल उद्दार गरिएको छ।
बेनिघाट, साउन २४ : सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ। ११ जनाको सकुशल उद्दार गरिएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको हो। बसमा ४० भन्दा बढी यात्रु रहेको प्रहरीको अनुमान छ।
त्रिशूली नदीमा खसेको बसको आधा भागमात्रै देखिएको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। सकुशल उद्दार गरिएकाहरुलाई मलेखु सामुदायिक अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
चालक निदाएकाले बस नदीमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ। यात्रुको उद्दारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी खटिएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।






