Kathmandu Press

सडकमा अकालगति

काठमाडौँ — दाङको घोराहीस्थित कृष्णसेन इच्छुक पोलिटेक्निक इन्स्टिच्युटको शैक्षिक भ्रमण बस शुक्रबार बेलुकी राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका– ३ राम्र....

सडकमा अकालगति
मोहन दुलाल

काठमाडौँ — दाङको घोराहीस्थित कृष्णसेन इच्छुक पोलिटेक्निक इन्स्टिच्युटको शैक्षिक भ्रमण बस शुक्रबार बेलुकी राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका– ३ राम्रीमा दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाए । १४ घाइते भए ।

दाङ बस दुर्घटनाका उपचाररत घाइते ।

तीव्र गति र कठिन सडकका कारण घुम्तीमा बस नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Hardik ivf

मंसिर पहिलो साता डोटी–डडेलधुरा केआई सिंह राजमार्गको रडुवा खोलामा भएको बस दुर्घटनामा २० जनाले ज्यान गुमाए । २५ घाइते भए । पुरानो गाडी, क्षमताभन्दा बढी यात्रु र तीव्र गतिले बसको ब्रेक फेल भएको प्रहरी भनाइ छ ।

मुलुकमा सवारी दुर्घटनाबाट दैनिक ६ जनाको मृत्यु हुन्छ । करिब ३० हजार किलोमिटर सडक छ । सडकको दुरवस्था, सवारी नियम उल्लंघन, सवारी चाप बढेको बढ्यै छ । सडक अवस्था उस्तै छ । सबै सडक कालोपत्रे र व्यवस्थित छैनन् । एक तिहाइभन्दा बढी सडक इन्जिनियरिङ अध्ययनबिनै बनेका छन् ।

धेरैजसो दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका छन् । तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रीको असावधानी, इन्जिनियरिङबिना बनेका सडक र मौसम तथा चौपाया दुर्घटनाका अरू कारक हुन् । चालक बढी आत्मविश्वास प्रदर्शन गर्छन् । दक्ष चालक अभाव छन् । अस्वस्थ प्रतिस्पर्धा उत्तिकै छ ।

यातायात व्यवस्था विभागका अनुसार २०७४/७५ सम्ममा मुलुकमा करिब ३२ लाखभन्दा बढी गाडी गुडिरहेका छन् । पछिल्लो वर्ष मात्रै साढे ४ लाख थपिए । कुल सवारीमध्ये ७९ प्रतिशत मोटरसाइकल छ ।

सडक यात्रुमैत्री छैनन् । जथाभावी गाडी कुद्छन् । स्थानीय तहबीच दैलैदैलोमा गाडी पुर्‍याउने होड छ । अनुशासन छैन । ट्राफिक नियम उल्लंघन हुन्छ । कति सवारी साधन सही हालतमा छैनन् । पुराना र कामै नलाग्ने पनि चलिरहेका छन् । नियमित जाँचको व्यवस्था छैन ।

चालक अनुमतिपत्र वितरण प्रणाली कमजोर छ । पूर्ण दक्ष नबनुन्जेल अनुमतिपत्र दिइनु हुन्न । अधिकांश दुर्घटनामा चालकको दोष देखिन्छ । सवारी नियमहरू कमसल छन् । जरिवाना नाम मात्रको छ । एक हजार रुपैयाँ तिराएरट्राफिक कक्षा दिइन्छ । यसले पहिलेको तुलनामा केही सुधार भने गरेको छ ।

गल्ती गर्ने चालकलाई उचित कानुनी सजायको व्यवस्था छैन । मूल्यांकन प्रणाली छैन । कम सजाय त छ नै, कहिल्यै गल्तीनगर्नेलाई पुरस्कारको व्यवस्था पनि छैन । कतिपय देशमा तीनपटक गल्ती गर्ने चालकको अनुमतिपत्र रद्द गरिन्छ । कति देशमा कुनै पनि गल्ती नगरेका चालकको अनुमतिपत्र नि:शुल्क नवीकरण गरिन्छ ।

गाडीले क्षमताभन्दा बढी यात्रु बोक्छन् । ढोकामा झुन्डिने र छतमा बस्ने सामान्य जस्तै छ । ट्राफिक प्रहरी कम छन्, सुविधा सम्पन्न पनि छैनन् । सबै काम आफैंले गर्नुपर्छ, प्रविधिको प्रयोग छैन । सहर, राजमार्ग र भित्री सडकमा सीसी क्यामेरा जडान गरिएका छैनन् । जुन चालकले गल्ती गर्छ, त्यसलाई तुरुन्त समात्ने व्यवस्था छैन ।

प्रणालीले चालकलाई जिम्मेवार बनाउँछ । सडक विभाग र ट्राफिक प्रहरीलाई आफ्नै जिम्मेवारी भारी छ । सडक सुरक्षा हेर्ने छुट्टै निकाय छैन । सडकमा गतिको कुनै हिसाब छैन । सडकका उपभोक्ता असुरक्षित, अभर र अगतिमा सधैं रहनुपर्ने भनेकै राज्य नीति र योजनाको कमी हो ।

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, मंसिर २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्