Kathmandu Press

बर्दियाका बाढीपीडितलाई राहत सामाग्री वितरण

बर्दिया, कात्तिक ३ : बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको बाढीपीडित परिवारलाई बर्दिया अक्सिजन बैंकले पहिलो चरणको राहत सामग्री वितरण गरेको छ।बाढीबाट विस्थापित...
बर्दियाका बाढीपीडितलाई राहत सामाग्री वितरण

बर्दिया, कात्तिक ३ : बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको बाढीपीडित परिवारलाई बर्दिया अक्सिजन बैंकले पहिलो चरणको राहत सामग्री वितरण गरेको छ।

बाढीबाट विस्थापित परिवारको लागि पहिलो चरणको राहत सामग्री राजापुर नगरपालिकामार्फत २६ थान त्रिपाल, ५० कार्टुन पानी, ५० किलो दालमोट, एक क्विन्टल चिउरा र २० कार्टुन चाउचाउ वितरण गरिएको बर्दिया अक्सिजन बैंकका संयोजक भरत पौडेलले बताए।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढीका कारण एक हजार बढी घर डुवानमा परेका छन्।

 

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्