पत्नीको हत्या गरेको आरोपमा पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ सल्यान, कात्तिक ३ आफ्नै पत्नीको हत्या गरेको आरोपमा सल्यानमा एकजना पक्राउ परेका छन्।४२ वर्षीया पत्नी कली खड्काको हत्या...
सल्यान, कात्तिक ३ : आफ्नै पत्नीको हत्या गरेको आरोपमा सल्यानमा एकजना पक्राउ परेका छन्।
४२ वर्षीया पत्नी कली खड्काको हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका–५ तिमिले बस्ने ४७ वर्षीय कविराम खड्कालाई ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कविरामले पत्नीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४१ बजे, बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












