Kathmandu Press

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

सिन्धुली, कात्तिक ३ : मध्य पहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।अविरल...
पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

सिन्धुली, कात्तिक ३ : मध्य पहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। विभिन्न निकायसँग समन्यव गरेर सडक पुनःसञ्चालन गर्न प्रयत्न भइरहेको उनको भनाइ रहेको छ।

Hardik ivf

सडक मङ्गलबारदेखि अवरुद्ध भए पनि सडक सञ्चालन नहुँदा सवारी साधन तथा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुरलगायतका जिल्लाबाट दसैँ सकेर राजधानी फर्केका तथा दसैँको अन्तिममा आफन्तजनकोमा आशिर्वाद थाप्न हिँडेका यात्री वर्षाका कारण बीच बाटोमै अलपत्र परेका हुन् ।

मङ्गलबार बिहानैदेखि सडक अवरूद्ध भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन नसकिएको वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताए। दसैँका बेला मान्यजनको हातबाट टीका थाप्न हिँडेका बीच बाटोमा नै अलपत्र परेकाले सडक सुचारु गर्ने प्रयास भने जारी रहेको उनको भनाइ छ। मध्यपहाडी खुर्कोट–घुर्मी खण्डमा गएका आधा दर्जन बढी पहिरोका कारण यात्रा अनिश्चित बनेको स्थानीय गौरव कार्कीले जानकारी दिए।

 

प्रकाशित मिति: ११:५४ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्