कांग्रेस नेता सिंहको स्वास्थ्यमा सुधार
काठमाडाैं, साउन २३ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उप....

काठमाडाैं, साउन २३ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेता सिंहको स्वास्थ्यमा सुधार आएको उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए। सुगर र पिसाबको समस्या देखिएपछि नेता सिंह सोमबार बिहान मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।
सिंहलाई डा. मिमी गिरीको टोलीले उपचार गरिरहेको छ। डा. गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ।
प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, साउन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









