Kathmandu Press

पोलियो दिवसमा दुई दिन र्‍याली हुने

चितवन, कात्तिक ३ : पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले यहाँ यही ६ र ७ गते र्‍याली आयोजना गरिने भएको छ। रोटरी डिष्ट्रिक ३२९२...
पोलियो दिवसमा दुई दिन र्‍याली हुने

चितवन, कात्तिक ३ : पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले यहाँ यही ६ र ७ गते र्‍याली आयोजना गरिने भएको छ। रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल र्‍यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य सङ्घ परिसरबाट सौराहासम्म हुने जनाइएको छ।

कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन साइकल र्‍याली हुनेछ। यसैगरी दोस्रो दिन पूर्वी चितवनको पर्साबाट मोटर र्‍याली हुने भएको छ। उक्त र्‍यालीले भरतपुरको परिक्रममा गरी नारायणगढको शहीदचोकमा परेवा उडाउने छ। र्‍याली गैँडाकोटसम्म पुगेर पुनः फर्किएर नारायणगढको सो सङ्घका सभाहलमा आएर कार्यक्रममा परिणत हुनेछ।

Hardik ivf

सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ। हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ। यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी  सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन।

नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएका बताइएको छ।

 

प्रकाशित मिति: ०९:१५ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्