Kathmandu Press

माछा मार्न गएका कैलालीका तीन युवक बेपत्ता

धनगढी, कात्तिक ३ : कैलालीमा माछा मार्न गएका तीन युवक बेपत्ता भएका छन्।बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, विक्रम घर्ती...
माछा मार्न गएका कैलालीका तीन युवक बेपत्ता

धनगढी, कात्तिक ३ : कैलालीमा माछा मार्न गएका तीन युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुका आफन्त तीर्थबहादुर घर्ती मगरले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्। इलाका प्रहरी कार्यालय चिसापानीको टोली खोजतालसमा खटिएको छ। तर, अझै भेट्टाउन सकेको छैन।

प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्