Kathmandu Press

अवैध रूपमा नेपाल भित्र्याइएको गाडी प्रहरी नियन्त्रणमा

काठमाडौं, कात्तिक २ : जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साले अवैध रुपमा नेपाल भित्राईएका भारतीय गाडी नियन्त्रणमा लिएको छ ।भारतीय सुमो गोल्ड भन्सार छली...
अवैध रूपमा नेपाल भित्र्याइएको गाडी प्रहरी नियन्त्रणमा
Hardik ivf

काठमाडौं, कात्तिक २ : जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साले अवैध रुपमा नेपाल भित्राईएका भारतीय गाडी नियन्त्रणमा लिएको छ ।

भारतीय सुमो गोल्ड भन्सार छली नेपालभित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटी गएको टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं ५ निचुटा सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।

BR05P 1181 नम्बरको भारतीय सुमो गोल्ड गाडी सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: २०:३५ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्