Kathmandu Press

पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध

काठमाडौं, कात्तिक २ : लमजुङ मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारी साधन आगमन ठप्प...
पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध

काठमाडौं, कात्तिक २ : लमजुङ मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारी साधन आगमन ठप्प भएको छ ।

सोमबारदेखि परेको अविरल वर्षाले आज यस सडकको नियाँलो, खोत्रो, दाना क्यूलगायत विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर सुरज महर्जनले बताए । उनले भने, “नियाँलो भन्ने ठाउँमा सडक नै बगाएको छ ।  खोत्रोमा सडक माथिबाट आएका पहिराले अवरुद्ध बनाएको छ भने दाना क्युमासमेत सडक बगाएको छ ।”

Hardik ivf

खरखरे भिर, रामबजार, घोप्टेभिरलगायत स्थानमा सानासाना पहिरा खसिरहेका छन् । विभिन्न ठाउँमा पहिराले अवरुद्ध बनाएकाले कुन ठाउँमा कति क्षति बनाएको भनेर सबै स्थानमा पुग्न नसकेको उनको भनाइ छ । पानी निरन्तर परिरहेकाले अवरुद्ध सडक खुलाउन अप्ठयारो भएको छ ।

सडक अवरुद्ध हुँदा सवारी आवागमनमा बाधा पुगेको छ भने आन्तरिक तथा बाह्य पर्यटक समेत अलपत्र परेका छन् । यसअघि असार १ गते आएको बाढीपहिराले दसैँअघि मात्रै सवारीसाधन सञ्चालनमा आएको थियो । सवारीसाधन सञ्चालनमा आएको हप्ता १० दिनमै पुन यस सडक अवरुद्ध हुँदा यात्रुहरु बढी मर्कामा परेका छन् ।

यस सडकमा वर्षेनी बर्खायाम र वर्षा भएका बेलामा पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: १९:४५ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्