भिन्न स्थानमा चारजना मृत फेला
देशका विभिन्न भागमा चारजना मृत फेला परेका छन् ।
काठमाडौं, कात्तिक २ : देशका विभिन्न भागमा चारजना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं दक्षिणकाली नगरपालिका–६ फर्पिङ कमलपोखरीस्थित गोठमा बस्दै आएका सोलुखुम्बु घर भएका ५३ वर्षीय प्रितिकुमार राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, सुनसरी इटहरी उपमहानगरपालिका–२० बस्ने ५६ वर्षीय विजय थापा आफ्नै घरमा सोमबार मृत फेला परेका छन् ।
बर्दिया ठाकुरबाबा नगरपालिका–९ बतहनीका ३७ वर्षीय मनिष थारू आफ्नै घरको कोठामा मंगलबार मृत फेला परेका छन् । यसैगरी, धादिङ गजुरी गाउँपालिका–२ चालिसेस्थित त्रिशुली नदीमा नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत फेला परेका छन् ।
प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












