Kathmandu Press

हनुमानढोका दरबारमा बलिपूर्ति, प्रसाद लगाउने क्रम अन्त्य

काठमाडौं, कात्तिक २ : हनुमानढोका दरबारको दसैँ घरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ। आश्विन शुक्ल पूर्णिमा...
हनुमानढोका दरबारमा बलिपूर्ति, प्रसाद लगाउने क्रम अन्त्य
Hardik ivf

काठमाडौं, कात्तिक २ : हनुमानढोका दरबारको दसैँ घरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै नेपालीको महान् पर्व बडा दसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ। ती बोकामध्ये नौ बोकालाई दसैँ घरमा बलि दिइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए ।

बाँकी बोका र ५४ राँगालाई भने हनुमानढोका दरबारको मूलचोकमा बलि दिइएको थियो। अखिल बलि पूर्ति गरिएसँगै दसैँ घरमा घटस्थापनाका दिन राखिएको जमरा सेलाइएको छ। जमरा सेलाएसँगै टीका र प्रसाद लगाउनेक्रम अन्त्य भएको हो। यसैगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले असोज २१ गते घटस्थापनाका दिन घर घरका पूजा कोठा एवं दसैँ घरमा राखेको जमरा पनि आज नजिकको ताल, तलाउ, पोखरी वा तीर्थस्थलमा लगी सेलाएका छन्। यो सँगै दसैँको टीका लगाउने क्रम सम्पन्न भएको छ।

आज राति धन धान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातमा जाग्रााम बसेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समापन गरिन्छ। आजको दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ। आज जाग्राम बसेर महालक्ष्मीको पूजा आराधना गर्नेका घरमा लक्ष्मीले वास गर्ने धार्मिक विश्वास छ। नेपालमा सबैभन्दा बढी समय बिदा हुने बडादसैँ पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ।

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्