Kathmandu Press

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, कात्तिक २ : लमजुङ र सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।लमजुङको मर्स्याङदी गाउँपालिका–३ हाईस्कुल डाडास्थित सडकमा...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, कात्तिक २ : लमजुङ र सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

लमजुङको मर्स्याङदी गाउँपालिका–३ हाईस्कुल डाडास्थित सडकमा ग.१ त ५५६५ नम्बरको ट्याक्टर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक दोर्दी गाउँपालिका(४ शेरा बस्ने २१ वर्षीय मन बहादुर गुरुङको मृत्यु भएको छ।

Hardik ivf

उक्त ट्याक्टरमा फलाम लैजाने क्रममा ओरालोमा फलाम अगाडि जाँदा फलाममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो।  

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जालपा पेट्रोल पम्पस्थित सडकमा को।४ प ६८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई प्रदेश नम्बर १–०२–००३ ह ३०७८ नम्बरको सिटि सफारीमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रामधुनी नगरपालिका–१ बस्ने २२ वर्षीय मुकेश सरदारको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ। सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्