मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ
पर्सा, कात्तिक २ : वीरगञ्ज महानगरपालिका–१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको...
पर्सा, कात्तिक २ : वीरगञ्ज महानगरपालिका–१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका–३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारी रहेका छन्।
सोही महानगरपालिका–१५ चालिस फिट्टे सडक अगाडिबाट असोज १३ गते उक्त मोटरसाइकल चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१६ बसपार्कमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।












