Kathmandu Press

वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

धनगढी, कात्तिक २ : आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन्। मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल,...
वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

धनगढी, कात्तिक २ : आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन्। मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनौँ बढी घरमा पानी पसेको बताए। उनले भने, ‘विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ तर यकिन तथ्याङ्क आउन भने बाँकी छ।’

Hardik ivf

धनगढी बजारलगायत आसपासका क्षेत्रका पसलमा पनि पानी पसेको छ। धनगढी–२ मालिका टोलका योगेश्वरी ओझाले बस्तीमा हिँडडुल गर्ने बाटो जलमग्न भई जावतजावतमा समस्या भएको बताए। पानी निकास हुने ढलको व्यवस्थापन नभइ सडक पिच हुने गरेका कारण पनि बस्ती डुवानमा पर्ने गरेकोले डुबानबाट सुरक्षित रहन पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।

यहाँ बजार आसपासका बस्ती मात्रै नभइ बजारका कतिपय मूल सडक पनि जलमग्न भएका छन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । मुख्य रुपमा पानी निकासा हुने गरेका उपमहानगरपालिकाभित्रका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुवानको समस्या बर्सेनि दोहोरिने क्रम बढ्दै गएको छ ।  त्यसैगरी वर्षाले यहाँका धानबाली क्षति पु¥याएको छ।

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्