Kathmandu Press

आज देशभर वर्षाको सम्भावना

काठमाडौं, कात्तिक २ : जल तथा मौसम विज्ञान विभागले आज देशभर वर्षाको सम्भावना रहेको जनाएको छ।बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय...
आज देशभर वर्षाको सम्भावना

काठमाडौं, कात्तिक २ : जल तथा मौसम विज्ञान विभागले आज देशभर वर्षाको सम्भावना रहेको जनाएको छ।

बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले मंगलबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भीषण वर्षा हुने विभागले जनाएको छ।

मंगलबार बिहान पनि देशैभरको मौसम बदली भई पानी परिरहेको छ। यो क्रम दिनभर जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशका काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रहने छ। प्रदेश १, प्रदेश २,  लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:५६ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्