माफी माग्दै नेकपाले तत्काल सरकारी जग्गाबाट पार्टी कार्यालय हटाओस्ः कांग्रेस
काठमाडौं, साउन २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी जग्गामा रहेको पार्टी कार्यालय तत्काल छोड्न कांग्रेसले सत्तासीन दल नेपाल कम्युनि....
काठमाडौं, साउन २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी जग्गामा रहेको पार्टी कार्यालय तत्काल छोड्न कांग्रेसले सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गामा कार्यालय राख्ने गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै तत्काल पार्टी कार्यालय छोड्न नेकपालाई आग्रह गरेका हुन्। प्रवक्ता शर्माले सरकारी जग्गाको भोगचलनसँग सम्बनिधत नीति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता नदेखाउनु आपत्तिजनक भएको बताए।
‘सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले हामीलाई अचम्भित र दुःखीत तुल्याएको छ। सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ,’ उनले भने।
उनले क्षमायाचना गर्दै तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउन पनि नेकपालाई आग्रह गरे।






