Kathmandu Press

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौं, कात्तिक १ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल बर्खास्तीमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई बर्खास्त...
राखेप सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौं, कात्तिक १ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल बर्खास्तीमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई बर्खास्त गरेको हो ।

सरकारले सिलवाललाई दुई पटक स्पष्टिकरण सोधेको थियो । दुवैपटक स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

२०७७ साउन २३ गते दोस्रो पटक चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त भएका सिलवाल ३ वर्ष कार्यकाल बाँकी छँदै सरकारले बर्खास्त भए। उनी दोस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धाका आधारमा लिलबहादुर थापा र अन्जु श्रेष्ठलाई पछि सदस्यसचिव बनेका थिए।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ असार २३ गते सिलवाललाई पहिलो पटक सदस्य सचिवमा नियुक्त गरेको छ। नयाँ खेलकुद ऐन लागू भएपछि सिलवाल २०७७ असार १७ गते पदमुक्त भएका थिए।

प्रकाशित मिति: १९:५० बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्