Kathmandu Press

नियन्त्रित लागूऔषधसहित पक्राउ

मोरङ, कात्तिक १ : विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध ८ एम्पुल ऐभिल, ८ एम्पुल लुपिजेसिक, ६ एम्पुल फेनारगन र ६ एम्पुल...
नियन्त्रित लागूऔषधसहित पक्राउ
Hardik ivf

मोरङ, कात्तिक १ : विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध ८ एम्पुल ऐभिल, ८ एम्पुल लुपिजेसिक, ६ एम्पुल फेनारगन र ६ एम्पुल डाइजेल्याब सहित सुनसरी इटहरी उपमहानगरपालिका–१० बस्ने २१ वर्षीय बिरेन खवासलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:०२ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्