Kathmandu Press

काभ्रेमा कोरोना संक्रमण शून्य

बनेपा, कात्तिक १ : जिल्लामा तीन दिनदेखि कोरोना संक्रमण देखिएको छैन। यस अवधिमा चार संक्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र...
काभ्रेमा कोरोना संक्रमण शून्य

बनेपा, कात्तिक १ : जिल्लामा तीन दिनदेखि कोरोना संक्रमण देखिएको छैन। यस अवधिमा चार संक्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ। 

केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको संक्रमणको संक्रमण तीन दिनयता शून्यमा झरेको हो। गत बिहीबार भने एकमा संक्रमण देखिएको तथा एक संक्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ। काभ्रेपलाञ्चोकमा हाल ६९ सक्रिय संक्रमित रहेका छन्।      

Hardik ivf

जिल्लाको चार गाउँपालिका चौँरी देउराली, रोशी, महाभारत र खानीखोला हप्तादेखि कोरोना संक्रमणमुक्त भइसकेका छन् । अघिल्लो हप्तादेखि संक्रमणमुक्त हुनेको संख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ। मण्डनदेउपुर नगरमा दुई तथा तेमाल गाउँपालिकामा एक र भुम्लु गाउँपालिकामा एक संक्रमित रहेका छन्। 

जिल्लामा हाल सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा २३, पाँचखालमा १२, धुलिखेलमा १४, पनौतीमा चार, नमोबुद्ध नगरमा नौ र बेथानचोक गाउँपालिकामा तीन रहेको केन्द्रले जनाएको छ। जिल्लामा हालसम्म १४ हजार ६७९ मा संक्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल संक्रमितमध्ये ९९ प्रतिशत अर्थात् १४ हजार ४१८ संक्रमणमुक्त भइसकेका छन्। 

जिल्ला प्रशासन कार्यालयले गत असोज २६ गतेदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थपेको छ। केन्द्रले समुदायमा सङ्क्रमण दर घटिरहेको तथा साप्ताहिकरुपमा मृत्युदर घटेको अवस्थामा काभ्रेपलाञ्चोकमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ। 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। 
 

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्