चार जना मृत अवस्थामा फेला
काठमाडौं, कात्तिक १ : प्युठानको मल्लरानी गाउँपालिका–३ जेविनडाँडा बस्ने ३७ वर्षीया गिता घर्तीमगर सोही ठाउँस्थित छिमेकीको घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेकी छन्। रुपन्देहीको...
काठमाडौं, कात्तिक १ : प्युठानको मल्लरानी गाउँपालिका–३ जेविनडाँडा बस्ने ३७ वर्षीया गिता घर्तीमगर सोही ठाउँस्थित छिमेकीको घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेकी छन्।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ पुलचोक डेरा गरी बस्ने रुकुम घर भएकी ३० बर्षीया पार्वती परियार आफ्नै डेरामा आइतबार मृत अवस्थामा फेला परेकी छन्।
तनहुँको व्याँस नगरपालिका–५ हाडिगाँउस्थित बारीमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन्।
यसैगरी, नवलपरासीको (पश्चिम), बर्दघाट नगरपालिका–१३ सन्ताउन्नास्थित नेपाल गण्डक पश्चिम नहर सिचाई प्रणाली कार्यालयको खाली भवनको बरण्डामा हाल नाम, थर, नखुलेका करिब ७५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १२:३१ बजे, सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












