Kathmandu Press

आपसी झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु  

आपसी झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु  

काठमाडौं,  कात्तिक १ : छथर गाउँपालिका–३ ज्यामिरे बस्ने ५४ वर्षीय गोविन्द बहादुर लिम्बु र उनकी पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसी झगडा भइ कुटपिट हुँदा गोविन्द बहादुरको आइतबार राति मृत्यु भएको छ। 

उनीहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोविन्दको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

साथै वेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पताल रिफर गरिएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्