मुलुक अब समृद्ध बन्छः अध्यक्ष तिमिल्सिना
काठमाडौं, साउन २३ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन्। ....

काठमाडौं, साउन २३ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन्। .
मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधानले कुनै पनि नागरिकलाई भेदभाव गर्न नहुने व्यवस्था गरेकाले सबै नागरिक समृद्ध हुने गरी समृद्धिको अभियानलाई अघि बढाउन पनि तीन वटै तहका सरकारको ध्यानाकर्षण गराए।
उनले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता नागरिकको अधिकारलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको बताए। उनले नागरिकको आधारभूत समस्या समाधान गर्दै अघि बढ्न पनि सरकारलाई आग्रह गरे।
अध्यक्ष तिमिल्सिनाले मुलुकमा राजनीतिक स्थायित्व पनि कायम भएकाले अब समृद्धिको अभियानलाई अघि बढाउन सहज भएको बताए। उनले समृद्धिको अभियानलाई अघि बढाउन नागरिकमाथि कुनै पनि प्रकारको विभेद हुन नदिन सरकारलाई आग्रह गरे।

-1784896419.png)









