राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान
काठमाडौं, कात्तिक १ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ। सोमबार एक सुचना जारी गर्दै...
काठमाडौं, कात्तिक १ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ।
सोमबार एक सुचना जारी गर्दै क्यानले मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने सुचनामा उल्लेख छ।
क्यानका अनुसार इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक रहेकाले दरखास्त दिन सक्ने छन्।
डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि वाट्मोर नेपाली टिम छाडेका थिए।

प्रकाशित मिति: १०:५१ बजे, सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











