काठमाडौंबासीलाई दुःख नहोस् भनेर कुनै पनि क्षेत्रमा कर बढाएनौं : मेयर शाक्य
काठमाडौं, साउन २३ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणको काममा जुट्न महानगरपालिकाबासीलाई आह्वान गरेका छन्।

काठमाडौं, साउन २३ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणको काममा जुट्न महानगरपालिकाबासीलाई आह्वान गरेका छन्।
मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मेयर शाक्यले संघीयता विरोधी गतिविधि हुन नदिन पनि महानगरबासीलाई आग्रह गरे। उनले चुनावका बेला गरिएको सबै प्रतिवद्धता पूरा हुने गरी आफूले काम गरिरहेको दाबी पनि गरे।
मेयर शाक्यले महानगरबासीलाई मारमा पर्न नदिन चालू आर्थिक वर्षमा पनि करको दर नबढाइएको स्पष्ट पारे। उनले काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माण, हरियाली प्रवर्द्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताए।
‘सम्पदाको पुनर्निर्माण, हरियाली प्रवर्द्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिएका छौं ,’ मेयर शाक्यले भने, ‘महानगरबासीलाई दुःख नहोस् भनेर कुनै पनि क्षेत्रमा करको दर बढाएका छैनौं।’
मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरियालीयुक्त बनाउन महानगरपालिकाका सबै जनप्रतिनिधिहरु लागि परेको दाबी गरे। उनले आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई सचेत गराउने काममा लाग्न पनि महानगरबासीलाई आग्रह गरेका थिए।

-1784896419.png)









