Kathmandu Press

९७ बोतल लागुऔषध बरामद

इनरुवा, असोज ३१ : सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ।को२६प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दूध बोक्ने...
९७ बोतल लागुऔषध बरामद

इनरुवा, असोज ३१ : सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ।

को२६प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दूध बोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाँच गर्दा ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

Hardik ivf

दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको र चालक र पछाडी सवार व्यक्ति फरार भएको प्रहरीले जनाएको छ। मोटरसाइकल छाडेर भागेका उनीहरूको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।

लागुऔषध गिलेनमा ओसारपसार भएको पाइनुलाई नौलो तरिका अपनाएको सुनसरी प्रहरीले जनाएको छ। घटनाको बिषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१:३७ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्