Kathmandu Press

विभिन्न जिल्लामा आठजना मृत फेला

काठमाडौं, असोज ३१ : विभिन्न जिल्लामा आठजना मृत अवस्थामा फेला परेका छन्।धनुषाको नगराईन नगरपालिका–७ नवटोलीस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ४०...
विभिन्न जिल्लामा आठजना मृत फेला

काठमाडौं, असोज ३१ : विभिन्न जिल्लामा आठजना मृत अवस्थामा फेला परेका छन्।

धनुषाको नगराईन नगरपालिका–७ नवटोलीस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले घटनास्थलबाट १ थान खुकुरी बरामद गरेको छ। 

Hardik ivf

झापाको गौरीगंज गाउँपालिका–२ कोरोबारी बस्ने ३७ वर्षीय चैतुलाल राजवंशी आफ्नै घरको बरण्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

चितवनको रत्ननगर नगरपालिका–१० डाँडागाउँस्थित सुमित्रा देबी पाण्डेको घरमा ५ महिनादेखि ज्याला मजदुरी गरी बस्दै आएका उदयपुर त्रियुगा नगरपालिका घर भएका ५० वर्षीय ज्ञान बहादुर श्रेष्ठ आफू बस्दै गरेको घर नजिक गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मिया टोलस्थित नहर पुल छेउमा ईटहरी उपमहानगरपालिका–८ ढोका पुल बस्ने दिल बहादुर लिम्बुका छोरा ५ वर्षीय सुजन लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङ सुनसरी सिँचाई आयोजनाको नहरले बगाएर ल्याएको अवस्थामा उनको शव फेला परेको हो।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित बुद्ध बिहार संस्थामा विगत करिब ७ महिनादेखि बस्दै आएका ओखलढुङगा रुम्जाटार घर भएका ४३ वर्षीय रबिन राई आफु सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सर्लाहीको बागमती नगरपालिका–१० दमाई टोल बस्ने श्याम साहको हाल बन्द रहेको कुखुरा फर्ममा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। 

कास्कीको पोखरा महानगरपालिका–२९ पट्नेरीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। 

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ कासिटारस्थित सडक नजिक धान खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। 

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१:३० बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्