प्रदेश १ मा १०३ जनामा कोरोना सङ्क्रमण
विराटनगर, असोज ३१ : लगातार कोरोना सङ्क्रमण दर घटिरहेको अवस्थामा प्रदेश १ मा आज पुनः १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ। मोरङमा ५५, झापामा...
विराटनगर, असोज ३१ : लगातार कोरोना सङ्क्रमण दर घटिरहेको अवस्थामा प्रदेश १ मा आज पुनः १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ। मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा सात, उदयपुरमा पाँच र प्रदेश बाहिरका दुई जना गरी सो सङ्ख्यामा कारोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै ३५ महिलासहित १०६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा एक महिलासहित चारजनाको मृत्यु भएको जनाइएको छ।
सुदूरपश्चिममा हालसम्म ३ लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन्।
प्रकाशित मिति: २१:१५ बजे, आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












