करेन्ट लागेर कैलालीमा एकजनाको मृत्यु

कैलाली, असोज ३१ : लम्कीचुहा नगरपालिका–४ बस्ने जयलाल भण्डारीको छोरा १३ वर्षीय प्रकाश भण्डारीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको छ।
सोही नगरपालिका–६ स्याउले बस्ने उनकै फुपू बिनु रिमाल जैशीको घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको लम्कीचुहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०:५२ बजे, आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












