Kathmandu Press

आस्थाका आधारमा कर्मचारी सरुवा नगर्न सांसदहरुको माग

काठमाडौं, साउन २३ : प्रतिनिधिसभाका सांसदहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई आग्रह गरेका छन्।  

आस्थाका आधारमा कर्मचारी सरुवा नगर्न सांसदहरुको माग

काठमाडौं, साउन २३ : प्रतिनिधिसभाका सांसदहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई आग्रह गरेका छन्।  

सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्मा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान राखिएको उल्लेख गर्दै हटाउन माग गरेका हुन्। 

सहमतिको आधारमा स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका अन्य स्थानीय तहमा सरुवा गर्न सकिने प्रावधान विधेयकमा उल्लेख गरिएको छ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रतिपक्षी दल कांग्रेसका सांसद कँडेलले सहमति भनेपछि त्यसमा कांग्रेस, कम्युनिष्ट र मधेसी दल भनेर राजनीतिक आस्थालाई हेरिने भएकाले सो प्रावधान हटाउन सरकारसँग माग गरे। 

त्यसैगरी, सत्तारुढ नेकपाका सांसद शर्माले पनि सहमतिको नाममा कर्मचारीहरुलाई सरुवाका लागि बाध्य पार्ने ढंगले सो प्रावधान राखिएको उल्लेख गर्दै मान्य नहुने स्पष्ट पारे। उनदे योग्यता, क्षमताको आधारमा कर्मचारीहरुले सरुवा हुन पाउने व्यवस्था गरेर अघि बढ्न पनि सरकारलाई सचेत गराएका थिए।

समितिका सदस्यहरुले कर्मचारीहरुको सरुवा आवश्यकताका आधारमा हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
 

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, साउन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्