Kathmandu Press

जबरजस्ती करणीको आरोपमा पक्राउ

जबरजस्ती करणीको आरोपमा पक्राउ

उदयपुर, असोज ३१ : ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१० बस्ने ४३ वर्षीय धन बहादुर मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

धनबहादुरले ती महिलालाई गए राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: २०:२६ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्