Kathmandu Press

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

कास्की, असोज ३१ : पोखरा महानगरपालिका–१३ बाझापाटनबाट नियन्त्रित लागूऔषध १४ एम्पुल डाईजापाम, १४ एम्पुल फेनारगन, १४ एम्पुल नुर्फिन र नगद २६ हजार ५ सय रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३७ वर्षीय अर्जुन गुरुङ र ३५ वर्षीय विनोद विक रहेका छन्। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:१७ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्