Kathmandu Press

हत्या गरेको आरोपमा दुईजना पक्राउ

हत्या गरेको आरोपमा दुईजना पक्राउ

कैलाली, असोज ३१ : हत्या गरेको आरोपमा धनगढीमा दुईजना पक्राउ परेका छन्।

आफ्नै पति धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय विष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदीनजिक मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको हत्या भएको खुल्न आएपछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। 

अमृता र विष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घरनजिक परालको थुप्रोमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारी कुटपिट गर्दा विष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटी थिची हत्या गरेको र शव बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

उनीहरूउपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्