Kathmandu Press

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते

सिन्धुपाल्चोक, असोज ३१ : सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो...
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते
Hardik ivf

सिन्धुपाल्चोक, असोज ३१ : सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ। 

बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 

अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ। बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। काठमाडौं–धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौं आउँदै गरेको थियो।
 

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्