Kathmandu Press

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभा, असोज ३१ : सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।तेह्रथुम लालीगुराँस नगरपालिका १ घुर्मुसेका ३७ वर्षीय रमेश दाहालको मृत्यु...
संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभा, असोज ३१ : सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

तेह्रथुम लालीगुराँस नगरपालिका १ घुर्मुसेका ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए।

Hardik ivf

आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताए।

ट्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो।

दुर्घटना भएको ट्याक्टरको नम्बर प्लेट नखुलेको उनले बताए। घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।
 

प्रकाशित मिति: १६:३१ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्