Kathmandu Press

विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा

काठमाडौं, साउन २३ : नविल बैंकले विद्युतीय सवारीमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने भएको छ। बैंकले ९.५९ प्रतिशत ब्याजदरदरमा फाइनान्सिङ सुविधा दिने....

विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा

काठमाडौं, साउन २३ : नविल बैंकले विद्युतीय सवारीमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने भएको छ। बैंकले ९.५९ प्रतिशत ब्याजदरदरमा फाइनान्सिङ सुविधा दिने जनाएको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा विद्युत्तीय सवारी खरिदका लागि सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउँने होडबाजी चलेको छ। यसै होडबाजीमा नविलले नयाँ अफर सार्वजनिक गरेको हो।

बैंकले ९.५९ प्रतिशत ब्याजदरमा सवारी कर्जा (अटो लोन) उपलब्ध गराउने जनाएको छ। कर्जाको अवधि सात वर्ष तोकेको छ।

सरकारको ग्यासोलियन (डिजेल पेट्रोलबाट चल्ने) सवारीलाई क्रमशः विस्थापित गराउने र विद्युत्तीय सवारीको प्रयोग बढाउने नीतिअनुसार पछिल्लो समय विद्युत्तीय सवारीको प्रयोग बढ्न थालेको छ।

 

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, साउन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्