Kathmandu Press

महाकाली किनारमा भारतीय नागरिक मृत फेला 

बैतडी, असोज ३१ : महाकाली नदी किनारमा आज एक भारतीय नागरिक मृत फेला परेका छन्। मृत्यु हुनेमा भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्रामपञ्चायत पिपलीका...
महाकाली किनारमा भारतीय नागरिक मृत फेला 

बैतडी, असोज ३१ : महाकाली नदी किनारमा आज एक भारतीय नागरिक मृत फेला परेका छन्। मृत्यु हुनेमा भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्रामपञ्चायत पिपलीका ४० वर्षीय सञ्जय ज्याला रहेका छन्। 

ज्यालाको शव बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी किनारमा भेटिएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। बिहान ७ बजेतिर स्थानीय बासिन्दाले ज्यालाको शव महाकालीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।  

Hardik ivf

मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ। भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ। शवको  परीक्षण पनि भारतमै गरिने बताइएको छ। 

ज्याला हिजो भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा महाकालीमा बेपत्ता भएको  बताइएको छ। 
 

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्