Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

बैतडी, असोज ३१ : सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन्। प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका...
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

बैतडी, असोज ३१ : सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन्। प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन्। 

सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो। त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।

Hardik ivf

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार  दसैँका लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो। बैठकले सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ।  


 

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्