Kathmandu Press

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

जलेश्वर, असोज ३१ : देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका–२...
मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

जलेश्वर, असोज ३१ : देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ। 

महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२ का पवन साहका छोरा १८ वर्षीय सुमितकुमार साहको डुबेर मृत्यु भएको थियो। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्गा भवानीको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ डुबेर मृत्यु भएको साहको शव आज बिहान ११ बजे फेला पारिएको हो। जलेश्वरको दुर्गाचोकमा अवस्थित दुर्गापूजाको मूर्ति प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट बिसर्जन गर्ने परम्परा छ। सोही परम्परा अनुसार शनिबार साँझ मूर्ति बिसर्जन गर्ने क्रममा साहको भार्गवसर पोखरीमा डुबेर मृत्यु भएको थियो।

मूर्ति बिसर्जन गर्ने बेलामा पानी भित्र गरुंगो मूर्तिले चेपिन जाँदा उनको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। युवक साह मूति विसर्जन भइसकेर अबेर राति घर नआएपछि परिवारजनले  खोजतलाश गर्न थालेको र आज बिहान मूर्ति सेलाउन गएको पोखरीमा डुबेको हुनसक्ने आशङ्का गर्दै नेपाल प्रहरीसहितको टोलीले सोही पोखरीमा खोज्न जाँदा युवक साह पोखरीभित्र हिलोमा गडेको अवस्थामा फेला परेको उपरीक्षक विष्टले बताए।

शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाने तयारी भइरहको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्