संघीय मामिला मन्त्रालयमा कर्मचारीको धर्ना
काठमाडौं, साउन २३ : समायोजनमा स्थानीय तहमा खटाएका कर्मचारी हाजिर गर्न नपाएपछि काठमाडौं फर्किएका छन्। उनीहरू आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्र....

काठमाडौं, साउन २३ : समायोजनमा स्थानीय तहमा खटाएका कर्मचारी हाजिर गर्न नपाएपछि काठमाडौं फर्किएका छन्। उनीहरू आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्नामा बसेका छन्।
उनीहरूलाई स्थानीय सरकारले हाजिर गर्न नदिएको गुनासो गरेका छन्। काठमाडौंलगायत विभिन्न स्थानीय तहमा खटिएका उनीहरू एक सयभन्दा बढी छन्।
स्थानीय सरकारले काम गर्न नदिएपछि काठमाडौं फर्किएका उनीहरू मन्त्रालयमै हाजिर गर्दै आएका थिए। तर, अहिले मन्त्रालयमा पनि हाजिर गर्न नपाइएपछि आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्।
उनीहरू मन्त्रालयको मूल गेटमै धर्नामा बसेका छन्। आफूहरूले काम गर्न पाउने वातावरण बनाउन माग गरेका छन्। सरकारले खटाएको ठाउँमा खुरुखुरु जादा पनि काम गर्न नपाएको उनीहरूको गुनासो छ।
काम गर्ने वातावरण नबन्दासम्म धर्ना जारी रहने उनीहरूको भनाइ छ।

-1784896419.png)









