Kathmandu Press

तीन जना मृत अवस्थामा फेला 

काठमाडौं, असोज ३१ : विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–९ पाट्टीगाउँ बस्ने ५५ वर्षीया दिल कुमारी लिम्बु आफ्नै...
तीन जना मृत अवस्थामा फेला 

काठमाडौं, असोज ३१ : विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

 तेह्रथुमको म्याङलुङ नगरपालिका–९ पाट्टीगाउँ बस्ने ५५ वर्षीया दिल कुमारी लिम्बु आफ्नै घरदेखि करिब २० मिटर टाढा पानीको खाल्टोमा शनिबार मृत अवस्थामा फेला परेकी छन्।

घटनाबारे सोधपुछ तथा थप अनुसन्धानका लागि उनकै श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

चितवनको भरतपुर महानगरपालिका–१५ फुलबारी बस्ने ५५ वर्षीय चुडामडी अधिकारी सोही ठाउँस्थित धानखेतमा शनिबार मृत अवस्थामा फेला परेका छन्। 

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ फुलबारी जाने बाटोमा नाम, थर नखुलका करिब ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
            
 

प्रकाशित मिति: ११:४८ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्